परिवार योजना सेवाको सुदृढीकरणका लागि FP Micro Planning तथा DMT/MEC सम्बन्धी अभिमुखीकरण कार्यक्रम
गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री परिवार योजना सेवाका लागि हाम्रो प्रतिबद्धता

स्वास्थ्य कार्यालय, ओखलढुंगाको आयोजनामा FP Micro Planning तथा DMT/MEC सम्बन्धी अभिमुखीकरण कार्यक्रम मोलुङ गाउँपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विगत ३ वर्षको परिवार योजना सेवासम्बन्धी तथ्यांक (New Users, Current Users, Discontinued Cases तथा Commodities Distribution) को विस्तृत विश्लेषण गरी सेवा प्रवाहको अवस्था समीक्षा गरिएको थियो। उक्त विश्लेषणका आधारमा स्थानीय आवश्यकता अनुरूप FP Micro Planning तयार गरिएको छ।
साथै, स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरूले हाल प्रयोगमा रहेका परिवार योजना रजिस्टर ल्याई सोही रजिस्टरमा सेवा विवरण सही, पूर्ण र एकरूपमा कसरी अभिलेखीकरण (Recording) गर्ने भन्ने विषयमा समेत व्यवहारिक अभ्याससहित अभिमुखीकरण प्रदान गरिएको थियो।
साथै Decision Making Tool (DMT) र Medical Eligibility Criteria (MEC) को प्रभावकारी प्रयोगबारे पनि क्षमता अभिवृद्धि गरिएको थियो।